
गण्डकी – गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गिरएको छ।
प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए।
प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बिमा भइसकेको जानकारी दिँदै उनले यसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको बताए।
उनका अनुसार ७ हजार ७ सय अतिविपन्न परिवारको स्वास्थ्य बिमा गरिएको छ।
ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएको छ।