नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७२औं वार्षिक साधारण सभा

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७२औं वार्षिक साधारण सभा
+
-

काठमाडौँ– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७२ औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा शुक्रबार एयरपोर्ट होटल सिनामं‌गल काठमाडौँमा सम्पन्न भएको छ।

सभामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिबमोजिमका जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक÷भौतिक दूरी कायम गर्नुका साथै भर्चुअल जुममार्फत गरिएको थियो।

कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी १,१५,०३,१३,४८६।–को ८ प्रतिशतका दरले हुने बोनस सेयर ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ तथा नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) २ प्रतिशतले हुने २ करोड ३० लाख ६ हजार २ सय ७० रुपैयाँ वितरण गरिने प्रस्तावलाई साधारण सभामा सर्वसम्मत पारित गरिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग, व्यापार वित्तीय क्षेत्रलगायत होटल, यातायात, पर्यटन तथा अन्य क्षेत्रमा परेको प्रभाव बिमा क्षेत्रमा पनि परेको छ।

कोरोना भाइरस संक्रमणका कारण कम्पनीको सम्पत्ति बिमा, मोटर, सामुद्रिक इन्जिनियरिङ बिमामा प्रत्यक्ष असर परेको छ भने अन्य बिमा व्यवसायमा समेत आंशिक प्रभाव परेको छ।

कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको अवस्थमा कम्पनीले आगामी दिनमा सुरक्षाका उपाय, सूचना प्रविधिको उच्चत्तम प्रयोग र भवितव्यबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्ने गरीे आफ्नो रणनीति तयार गर्दै लगेको छ।

कम्पनीले आफ्ना बिमित, लगानीकर्ता, नियमनकारी निकाय तथा कम्पनीको सञ्चालक समितिको मार्गनिर्देशन र कर्मचारीको उत्कृष्ट कार्यसम्पादन, प्रविधिको उच्चतम प्रयोग तथा व्यापक शाखा सञ्जाल विस्तार गरी बिमा शुल्क आर्जन, चुक्ता पुँजी, लगानी तथा नाफामा समेत वृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गर्दै जाने जनाएको छ।

कम्पनीले प्रधान कार्यालयसहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेस्रो पक्ष बिमा सेवा केन्द्रबाट बिमा सेवा प्रदान गर्दै आएको र आवश्यकताअनुसार थप शाखा सञ्जाल विस्तार गरी देशको ग्रामीणस्तरसम्म सेवाग्राहीलाई बिमा सेवाको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?