वर्ल्डलिंक कम्युनिकेसन्सले ल्यायाे ‘हर्षको नयाँ वर्ष’ अफर

वर्ल्डलिंक कम्युनिकेसन्सले ल्यायाे ‘हर्षको नयाँ वर्ष’ अफर
+
-

काठमाडौँ – नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्ष्य गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ।

कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ।

त्यही अपेक्षासाथ ‘हर्षको नव वर्ष’ अफर ल्याएको र बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिएमा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने वर्ल्डलिंकले जनाएको छ।

यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउने जनाइएको छ।

वर्ल्डलिंकका अनुसार यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज, वाईफाईको अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा तथा जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ।

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रा प्रिय ग्राहकको खुशीका लागि हामी निरन्तर क्रियाशील छौं। यही सचेतताका कारण, ग्राहक महानुभाव आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनी हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पट सिर्जना गरेका छौं।

यो नयाँ वर्षले हाम्रा आदरणीय ग्राहकका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउनेछ, ताकि हामी ग्राहकको जीवनलाई थप प्रभावकारी र सुखमय बनाउन सकौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?