सुदूरपश्चिमका सबै जिल्लामा नेपाल–खनाल पक्षको कमिटी निर्माण

सुदूरपश्चिमका सबै जिल्लामा नेपाल–खनाल पक्षको कमिटी निर्माण
+
-

काठमाडौँ- नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले सुदूरपश्चिममा आफ्नो खेमाको कमिटी निर्माण गरेको छ।

प्रदेशका संयोजक भीम रावलले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो प्रदेश कमिटी बैठकले विभिन्न जिल्ला कमिटी गठन गरेको जानकारी दिएका हुन्।

उनका अनुसार कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा,उपसचिवमा रविन्द्र कुँवर, कार्यालयमा सचिव मोहनसिंह रावललाई नियुक्त गरिएको छ।

बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल, सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही तोकिएका छन्।

उपाध्यक्ष भने जिल्ला कमिटीले चयन गर्ने बताइएको छ। यस्तै बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिवमा हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट तोकिएका छन्।

अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्षमा नन्दबहादुर कडायतलाई नियुक्त गरिएको छ। सचिव, उपसचिव र कार्यालय सचिव तोक्ने जिम्मेवारी जिल्ला कमिटीलाई दिइएको छ। कैलाली जिल्ला कमिटी अध्यक्षमा दीर्घ बहादुर सोडारी नियुक्त भएका छन्।

डडेलधुरा जिल्ला कमिटी अध्यक्षमा डा.तारा जोशी, उपाध्यक्षमा वीरेन्द्रबहादुर बस्नेत, सचिवमा धनबहादुर साउद, उपसचिवमा शकुन्तला नगरकोटी नियुक्त भएका छन्।

कार्यालय सचिव जिल्ला कमिटीले तय गर्नेछ। डोटी जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन्।

सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने भनिएको छ। कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिवमा खड्कबहादुर कठायतलाई चयन गरिएको छ।

बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्षमा इन्द्रबहादुर भण्डारी, सचिवमा दमनबहादुर भण्डारी, उपसचिवमा धनबहादुर बोहरा, कार्यालय सचिवमा सुरतबहादुर सिंहलाई नियुक्त गरिएको छ।

यो पक्षले अन्य जिल्लामा पनि आफ्नो खेमाको कमिटी विस्तारलाई जोड दिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?