
झापा – झापाका एक जना बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र ती बृद्धको मृत्यु भएको हो।
झापा दमक घर भएका ९२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन्।
यसअघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।