
झापा – झापाको झापा गाउँपालिकाले १५० जना छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ।
आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयका १५० छात्रालाई झापा गाउँपालिकाले साइकल वितरण गरेको हो।
सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको गाउँपालिकाले जनाएको छ।
पाँचवटा सामुदायिक माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालयका सम्पूर्ण छात्रालाई साइकल वितरण गरिएको हो।
डिल्लीराज माविका १०१, कुवाडीदेवी माविका ३८ र महेन्द्र माविका ११ जना छात्राले साइकल पाएका हुन्।
अन्य छात्रालाई पनि यही शैक्षिक सत्रभित्र साइकल वितरण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।
पिछडिएका वर्गका विद्यार्थीहरू पढ्न विद्यालय जानबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ साइकल वितरण अभियान थालिएको साहले बताए।