
काठमाडौँ– स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको अवसरमा ‘स्मार्टडोको नयाँ वर्ष अफर’ ल्याएको छ।
जसअन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने छन्। उक्त अफर वैशाख १ देखि ५ गतेसम्म लागू हनेछ।
यस अफरअन्तर्गत कोन्का टीभी, १६ स्मार्टवाच, वेगा स्ट्यान्ड फ्यान र बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर रहेका छन्। ग्राहकले स्मार्टडोकोमार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सीजी, लिनरफ्लक्स, हकिन्स, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाइफजस्ता टप ब्रान्डका सामान खरिद गर्न सक्नेछन्।
साथै, भुक्तानीको लागि क्यास, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिनेछ।
‘नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले नव वर्षको अवसरमा स्मार्टडोको नयाँ वर्षको अफर ल्याएका हौँ’, आईएमएस ग्रुपका प्रेसिडेन्ट तथा सीईओ दिकेश मलहोत्राले भने, ‘हामीले स्वास्थ्यसँग सम्बन्धी प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्टलगायतका कैयौँ प्रोडक्ट अनलाइनमा उपलब्ध गराएका छौँ।’
रिङ रोडभित्र निःशुल्क डेलिभरी गर्दै आएका पनि उनले जानकारी दिए।
उनले भने, ‘नयाँ वर्षको अवसरमा नेपालभरि मात्र ५० रुपैयाँमा डेलिभरी गर्दैछौँ।’
ग्राहकलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफर निरन्तर ल्याउँदै आएको उनले बताए। ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन् भन्ने उद्देश्यअनुरुप सेवा उपलब्ध गराइरहेको उनको भनाइ छ।