नेपाल पक्षका तीन जना सांसद ‘चोरेर’ कर्णालीमा सरकार जोगाउने माओवादी रणनीति, राप्रपा तटस्थ बस्ने

नेपाल पक्षका तीन जना  सांसद ‘चोरेर’ कर्णालीमा सरकार जोगाउने माओवादी रणनीति, राप्रपा तटस्थ बस्ने
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा विश्वासको मत लिन एमालेका तीन सांसदलाई आफूतिर तान्ने कसरत तीव्र पारेको छ।

माधव नेपाल समूहमा रहेका तीन जना सांसदको मत चोरेर महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउने रणनीतिमा माओवादी लागेकाे हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदै छन्। ३९ सांसद रहेको कर्णाली प्रदेशसभामा विश्वासको मत जित्न  शाहीलाई २१ मत आवश्यक पर्छ।

कर्णालीमा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन्। राप्रपाले सत्ताकाे फाेहाेरी खेलमा नलाग्ने भन्दै अविश्वासकाे प्रस्तावमा तटस्ठ बस्ने निर्णय गरेकाे छ।

राप्रपाका केन्द्रीय सदस्य एवं सचिवालय सदस्य राजाराम बर्तौलाले आफ्नो पार्टी कर्णालीमा तठस्ठ बस्ने निर्णय गरेको पुष्टि गरे। उनले भने,‘ सबै दृष्टिकोणले हामीले यतिबेला प्रतिपक्ष भूमिकामा छौँ। सत्ताकेन्द्रीत फोहोरी खेल भइरहेको छ। यसमा हामी उभिनु या देखिनु उपयुक्त हुँदैन।’

प्रदेशसभामा राप्रपाकी एक मात्र सांसद साेशिला शाही छिन्।

बिहीबार राप्रपाका अध्यक्षत्रय पशुपति शम्शेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहोनीको बैठकले कर्णालीमा तठस्ठ बस्ने निर्णय गरेको थियो।

बिहीबार काठमाडाैँमा राप्रपाका तीनै जना अध्यक्षहरुकाे बैठकले कर्णालीमा तटस्थ बस्ने निर्णय गरेकाे हाे।

यस्ताे अवस्थामा कांग्रेस र माओवादीका गरी १८ सांसदकाे मत विश्वासकाे मत जित्न पर्याप्त नहुने भएपछि माओवादीले एमालेका कम्तीमा तीन जना सांसदलाई आफूतिर तान्न खाेजेकाे हाे।

श्रोतका अनुसार नेपाल पक्षका तीन जना सांसद तानेर विश्वासको मत पुर्‍याउने रणनीति माओवादीले अघि सारेको छ।

‘माधव समूहका तीनजना सांसदले विश्वासकाे मत दिन्छन्, शाही सरकार जाेगिने लगभग पक्का भैसक्याे’, माओवादीका एक नेताले भने।

दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?