मापदण्ड पालना गर्दै शिक्षण संस्था सञ्चालन गर्न शिक्षा मन्त्रालयकाेआग्रह

+
-

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारबाट कुनै पनि निर्देशन नभएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै शिक्षण संस्था सञ्चालन गर्न आग्रह गरेको छ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेकाले जोखिम हेरेर स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ।

शिक्षण संस्था सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीको स्वास्थ्य तथा संस्थाको मौजुदा पूर्वाधार र संस्था रहेको स्थानलाई ध्यानमा राखी सिफ्टअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुका साथै बन्द गरिएका विद्यालय पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रिया पालना गर्नुहुनका साथै विद्यालय बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाबमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुहुन अनुरोध गरिन्छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?