नेकपा एमालेद्वारा कर्णाली सरकारलाई विश्वासको मत दिएका चार जना सांसदलाई पार्टी सदस्यता र सांसदबाट हटाउन सिफारिस

नेकपा एमालेद्वारा कर्णाली सरकारलाई विश्वासको मत दिएका चार जना सांसदलाई पार्टी सदस्यता र सांसदबाट हटाउन सिफारिस
+
-

काठमाडौँ- नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका चार जना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउनका लागि प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै चार जना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउन प्रदेश हुँदै केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको ओली पक्षका कर्णालीका नेता गुलावजंग शाहले जानकारी दिए।

उनका अनुसार प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउन सिफारिस गरिएको छ र विश्वासको मतमा हस्ताक्षर गरी फिर्ता लिएकी देवी ओलीलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोध्ने निर्णय भएको छ।

नेपाल खनाल पक्षका चार जना नेताले त्यसअघि शुक्रबार नै नेकपा माओवादी नेता एवं मुख्यमन्त्री शाही सरकारलाई विश्वासको मत दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?