राजस्व छली अभियोगमा मुद्दा दायर

राजस्व छली अभियोगमा मुद्दा दायर
+
-

काठमाडौँ – राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार उनीहरूले एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजस्व छली गरेको पाइएको छ।

उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतल लोड गरी बोतलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ।

राजस्वमा हानि नोक्सानी पुर्‍याउने उद्देश्यसाथ गलत कागजात तयार पारी ठगी गरेको पाइएको छ।

उनीहरूले भन्सार शुल्क ११ लाख ३५ हजार ८८७, मूल्यअभिवृद्धि कर ४६ लाख ७३ हजार २०४ र आयकर ५४ लाख ९६ हजार ४२३ गरी कूल रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको ठगी गरेको अभियोग लागेको छ।

विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको भए पनि शुक्रबार जानकारी दिइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?