
काठमाडौँ, ‘युनाइटेड फर ब्वइज’ भन्ने नाराका साथ शुक्रबार ‘ब्लु अम्रेला डे’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभरि मनाइएको छ।
नेपालमा ‘भ्वाइस अफ चिल्ड्रेन’को सहकार्यमा बालकमाथि हुने यौन दुव्र्यवहार नियन्त्रणका लागि शुक्रबार राजधानीमा चित्रकला प्रदशर््ान र विभिन्न बाल संरक्षण समितिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त संस्थाका निर्देशक कृष्ण थापाका अनुसार गत शुक्रबार नेपाल, भारत र कम्बोडिया र फिलिपिन्सद्वारा बालकमाथि हुने यौन दुव्यहार र पुरुषप्रतिको सामाजिक मूल्यमान्यतामा केन्द्रित भएर गरिएको अनुसन्धान पुस्तक सार्वजनिक गरिएको गरिएको थियो। त्यसअघि विभिन्न ३८ वटा मुलुकका ४८ जना प्रतिनिधिसँग बालकमाथि हुने यौन दुव्र्यवहारमाथि केन्द्रित भएर अनलाइन अन्तरक्रिया गरेको थापाले जानकारी दिए।
अनुसन्धानअनुसार विश्वसमा ६ जना बालकमध्ये एक जना यौन दुव्र्यवहारबाट पीडित हुने गरेका छन्।
सन् २००१ र २००८ मा नेपालमै गरिएको अध्ययनमा कुल पाँच हजार सडक बालकमा ८५ प्रतिशत बालक यौन दुव्र्यवहारको सिकार भएको देखिएको थियो।
हालको अध्ययनले सामाजिक मूल्यमान्यताविपरीत बालकलाई यौन दुव्र्यवहारमा पे्ररित गर्ने खालका गतिविधि भइरहेको र उनीहरू स्वयं पनि जोखिममा पर्ने खालका गतिविधि भइरहेको देखाएको छ। बालक पीडित हुँदाको अवस्थामा महिलाभन्दा अझ बढी मानसिक स्वास्थ्य समस्याबाट गुज्रिने गरेको पनि अध्ययनमा देखिएको छ। समाजले बालकमा हुने दुव्र्यवहारलाई हल्का रूपमा लिने र उनीहरूको अवस्थालाई बेवास्ता गर्ने परिस्थिति बनेको थापाले बताए।
बालकहरू विकासको निश्चित अवस्थामा पुगेका बेला यौन दुव्र्यवहारबारे जानकारी दिने उपुक्त संयन्त्रको अभाव भएको पनि उनले बताए।
उनले भने, ‘बालकले पनि आफ्नो पीडा भन्ने पारिवारिक वातावरण पाउँदैनन्। उनीहरूका कुरालाई हल्का रूपमा लिने गरिन्छ। अर्थात् उनीहरूलाई बोल्न बन्देज गरिन्छ। यस्तो कार्य निरुन्तसाहित हुनुपर्छ।’