
काठमाडाैँ – नेपाल अडिटर्स एसोसिएसन (अडान)को शनिबार बसेको केन्द्रीय समितिको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषद्को निर्वाचनलाई व्यवस्थित गर्न रजिस्टर्ड अडिटर्सहरूको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिव भोलानाथ पाठक, सचिव शंकर ज्ञवाली र गण्डकी प्रदेश समितिका अध्यक्ष केशबहादुर केसीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको छ।
साथै, अडानले निर्णय गरेका ४ जनाउम्मेदवारलाई विजयी गराउन वरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेलको संयोजकत्वमा सबै केन्द्रीय पदाधिकारी एवं सदस्य, प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यसमेत रहेको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको उपाध्यक्ष डोलप्रसाद दाहालले जानकारी दिए।