शाहीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, विश्वासका मत दिने नेपाल पक्षका तीन नेतालाई बनाए मन्त्री

शाहीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, विश्वासका मत दिने नेपाल पक्षका तीन नेतालाई बनाए मन्त्री
+
-

काठमाडौँ-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिनेलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

पार्टी साधारण सदस्यबाट निष्कासित र सांसद पद खारेजीको सिफारिसमा परेका नेकपा एमाले माधवकुमार नेपाल पक्षका तीन जना नेताहरुलाई शाहीले आफ्नो मन्त्रिपरिषद्‌मा ल्याएका हुन्।

शुक्रबार मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेको सरकारकी प्रवक्ता विमला केसीले बताइन् ।

उनीहरुसहित नेपाल पक्षका अर्का नेता प्रकाश ज्वालाले शुक्रबार शाही सरकारलाई विश्वासको मत दिएका थिए। उनीहरुका कारण शाही सरकार जोगिएको थियो।

तर उनीहरुले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै एमाले संसदीय दलले उनीहरुको पार्टी सदस्यता र सांसद पद खारेजीको सिफारिस प्रदेश कमिटीलाई गरेको थियो। प्रदेश कमिटीको शनिबार बसेको बैठकले मन्त्री हुन पुगेका यी तीनै जना नेताको पार्टी सदस्यता खारेज गर्दै सांसद पद पनि खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको थियो।

ज्वाला पार्टीको केन्द्रीय सदस्य भएकाले उनको पार्टी सदस्यता र सांसद पद खारेजीका लागि एमाले प्रदेश कमिटीले केन्द्रलाई सिफारिस गरेको छ। बुढा यसअघि पनि शाही सरकारमा मन्त्री थिए।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि मन्त्रीबाट उनीसँगै नेपाल पक्षका ज्वाला र दल रावलले राजीनामा दिएका थिए।

उनीहरुले पार्टीमा उत्पन्न परिस्थितिका कारण राजनीतिक र नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका थिए। साथै कर्णालीमा नेकपा एमाले एक भएको सन्देश पनि आफूहरुले केन्द्रलाई दिएको उनीहरुको दाबी थियो। तर सरकारलाई विश्वासको मत दिएको भोलिपल्टै बुढा, थापा र शाही मन्त्री बनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?