
बुटवल – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा बुझाएका छन् ।
उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा पत्र सोमबार बुझाएका हुन् ।
कुलप्रसाद आन्तरिक मामिला तथा कानुन मन्त्री र सुदर्शनसामाजिक विकास मन्त्री थिए ।