लुम्बिनीमा मन्त्रीमण्डल विस्तार, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना बने मन्त्री

लुम्बिनीमा मन्त्रीमण्डल विस्तार, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना बने मन्त्री
+
-

बुटवल– लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन्।

पोखरेलले मन्त्रिमण्डलमा थप गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन्।

सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पनाले शिक्षा तथा सामाजिक विकास मन्त्रीको सपथ लिए। रायमाझी भने राज्यमन्त्री हुन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण गराएका हुन्। राज्यमन्त्री रायमाझीले प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्रीबाट सपथ ग्रहण गरिन्।

सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए।

आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?