प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष सिटौलाद्वारा शपथ ग्रहण

प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष सिटौलाद्वारा शपथ ग्रहण
+
-

काठमाडौँ – प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

उनले बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन्।

बैंकको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त भएका उनलाई वैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्षले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव बटुलेका छन्।

अध्यक्ष नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत जिम्मेवारी वहन गरिसकेका छन्।
उक्त अवधिमा परम्परागत रूपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो।

उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरूको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए।

अध्यक्षले बिमा संस्थान, नेपाल स्टक एक्सचेन्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन्।

नेपालको बैंकिङ क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ जगतका विविध क्षेत्रमा अनुभव हासिल गरेका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकको भनाइ छ।

अध्यक्षको नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा व्यापार व्यवसाय अभिवृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?