
काठमाडौँ– लक्ष्मी बैंकले सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकास्थित रामटारमा १२९ औँ शाखा सञ्चालनमा ल्याएको छ।
यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यो नयाँ शाखाको साथ बैंकको सञ्जाल ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ।
बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत वित्तीय सेवाको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ।
शाखा विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गर्ने नीति लिएको छ।
सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने बैंकले जनाएको छ।