किर्ते गरी जग्गा नामसारी गर्ने १० जना पक्राउ, किर्तेमा संलग्न मालपोतका अधिकृतसहित ६ जना फरार

किर्ते गरी जग्गा नामसारी गर्ने १० जना पक्राउ, किर्तेमा संलग्न मालपोतका अधिकृतसहित ६ जना फरार
+
-

झापा – झापाको विर्तामोड नगरपालिका वार्ड नं १ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो। उक्त किर्ते काममा संलग्न रहेका ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा उनीहरुले हडपेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्री गर्ने मुख्य नाइके गौरीगञ्ज – १ कुञ्जीबारीका बलराम विश्वकर्मा (सुसिल) रहेको खुलासा भएको छ।

उनी केही वर्षदेखि विर्तामोडमा बसेर दुई नम्बरी धन्दा गर्दै आएका प्रहरीको दाबी छ। यसअघि उनलाई प्रहरीले नक्कली राजश्वको स्टीकरसहित पक्राउ गरेको थियो।

उनीसहित प्रहरीले बाह्रदशी–३ घर भइ विर्तामोड –२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवं नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्रयाक्टर सोरुम सञ्चालन गर्ने अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा (मिलन), विर्तामोड १० घर भइ कोटीहोम बस्दै आएका ७१ वर्षीय देवीप्रसाद पाण्डे, विर्तामोड –४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मालाई पक्राउ गरेको छ।

फरार हुनेहरुमा गौराहद ७ का वडाध्यक्ष बलराम खरेल, मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालिन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेगप्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग –११ का देवबहादुर विष्ट र भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की रहेका छन्।

उनीहरु विरुद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष