
काठमाडौँ – भारतको दिल्ली कांग्रेसका नेता तथा दिल्लीका पूर्वस्वास्थ्यमन्त्री एके वालियाको कोरोना संक्रमणका कारण निधन भएको छ।
७२ वर्षीय वालियाको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा बिहीबार राति निधन भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
वालियालाई तीन दिनअघि संक्रमण पुष्टि भएको थियो। दिल्ली कांग्रेसका अध्यक्ष अनिल कुमारले वालियाको निधनमा दुःख व्यक्त गरेका छन्।