मनीग्राम र ई–सेवा मनी ट्रान्सफरबीच साझेदारी

मनीग्राम र  ई–सेवा मनी ट्रान्सफरबीच साझेदारी
+
-

काठमाडौँ – मनीग्रामले नेपालमा सीमा पार रेमिट्यान्स सेवा विस्तारका लागि ई–सेवा मनी ट्रान्स्फरसँग साझेदारी घोषणा गरेको छ।

एफवान सफ्ट ग्रुपको सहायक, ई–सेवा मनी ट्रान्स्फर, नेपालको छिटो उदयीमान ‘पहिले डिजिटल’ रेमिट्यान्स कम्पनीसँग साझेदारी घोषणा गरेको हो।

यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकले आफ्ना साथी तथा परिवारजनको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

खाता निक्षेप सेवा सुरु भइसकेको छ भने ई–सेवा वालेट पनि सुरुवातको तयारीमा छ। सबै प्रमुख बैंकसहित ६५ भन्दा धेरै बैंकसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमका प्रायः सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ।

नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका ई–सेवा वालेट प्रयोगकर्तामाझ आगामी ई–सेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि विशाल कोसेढुंगा हुनेछ।

विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागि संसारकै उच्च प्राप्तकर्तामध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो।

भारत र दक्षिण एसियाका प्रमुख नावेद असरफले भने, ‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्क विस्तार र हामीले ग्राहक केन्दि«त क्षमताको कार्यक्रम विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागि हामी उत्साहित छौं।’

वित्तीय सेवा डिजिटलकरणमा अग्रगामी ई–सेवासँग साझेदार भई लाखौं गैरनिवासी नेपालीलाई सहज रूपमा रकम पठाउन र उनीहरूका लाभार्थीलाई सहज रकम प्राप्त गर्ने सेवा उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको उनले बताए।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देश र अन्य गरी धेरै नेपाली आप्रवासी यस मनीग्राम र ई–सेवाको साझेदारीबाट सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन्।

रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्ने उनको भनाइ छ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘मनीग्रामसँग नयाँ सहकार्यका लागि हामी अत्यन्त उत्साहित छौं। मनीग्रामसँगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीमाझ पुग्न पनि सक्षम हुनेछ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?