‘नई ईश्वर वल्लभ अवार्ड’ वसन्त चौधरीलाई

‘नई ईश्वर वल्लभ अवार्ड’ वसन्त चौधरीलाई
+
-

काठमाडौँ– नई प्रकाशनले ‘नई ईश्वर वल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार वसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ।

नई प्रकाशन सञ्चालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो।

विश्व काव्य यात्रामार्फत नेपाली भाषा र साहित्यको विश्व माझ प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ।

चौधरीले पाउने पुरस्कार १ लाख रुपैयाँ राशिको हो। यसअघि नई प्रकाशनले वैशाख ३० गते काठमाडौँमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो।

तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ। नई प्रकाशन ०५२ सालमा स्थापना भएको थियो। चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिको वर्षदेखि उनको नाममा अवार्ड वितरण गर्न थालिएको थियो।

प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पुडासैनीलगायतले पाएका थिए।

चौधरीले केही वर्षदेखि सुरु गरेको विश्व काव्य यात्रा विश्वभर चर्चित भएको थियो। सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उनको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो। गत वर्ष कोरोनाको संक्रमण बढेपछि उनको काव्ययात्रा स्थगन गरिएको छ।

नई प्रकाशनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईंले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?