कोभिड–१९ः रुपन्देहीमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

कोभिड–१९ः रुपन्देहीमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
+
-

बुटवल– रुपन्देहीमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ८० पुगेको हो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवलका ११० जना छन्।

तिलोत्तमाका ६४, सिद्धार्थनगरका ४६, ओमसतियाका २०, रोहिणीका २३, सुद्धोधनका ७, सैनामैनाका १०, सियारीका ३, देवदहका ८, गैडहवाका २, मायादेवीका २, मर्चवारीका २, कञ्चनका १, लुम्बिनीका २, समरीमाइका १ जना रहेका छन्।

योसँगै रुपन्देहीमा संक्रमितको संख्या १० हजार ३ सय ४५ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार ८० जना छन्। हालसम्म ९ हजार ९७ जना निको भए भने १६८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

थप दुईजनाको मृत्यु


रुपन्देहीमा पछिल्लो २४ घण्टामै दुई जना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१३ का ३६ वर्षीय कोभिड १९ संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। चैत ३० गते कोभिड संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए।

उनको उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

यस्तै रुपन्देहीको मंगलापुर घर भएका ५२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। उनको बुटवलको मेडिटेक अस्पतालबाट रिफर गरी चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?