
काठमाडौँ – काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना गर्न प्रहरीलाई निर्देशन दिएको छ।
‘मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना गर्न प्रहरीलाई निर्देशन दिएका छौँ,’ काठमाडौँ प्रजिअ कालीप्रसाद पराजुलीले भने।
पराजुलीले आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भीडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भीडभाड कम गर्ने, सचेतना अभियान चलाउन सबैलाई अनुरोध गर्ने निर्णय गरेको पनि जानकारी दिए।
अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले अनावश्यक भीडभाड नगरी जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै अनिवार्य मास्क लगाएर कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ।