
झापा – पार्टीको जिल्ला नेतृत्व पुस्तान्तरण गर्दै लैजाने उद्धेश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ।
पार्टीको झापाको अध्यक्षमा केशवप्रसाद ओझा सर्वसम्मत चयन भएका छन्। बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ओझा अध्यक्ष पदमा चयन भएका हुन् ।
यसअघि ओझाले पार्टीको सचिव पदमा रहेर जिम्मेवारी सम्हालेका थिए।
जिल्ला समितिको सदस्यहरूमा क्षेत्र नम्बर १ बाट सुशील आचार्य, भेषराज प्रसाई, शारदा पराजुली, सुशीला शर्मा चयन भएका छन्।
क्षेत्र नम्बर २ बाटा हेमप्रसाद भट्टराई, भीमनाथ सापकोटा, मनोजकुमार बोहोरा, नवराज भट्टराई, वेदप्रकाश अग्रवाल, कुशुम राई र तारा वस्नेत चयन भएका छन्।
क्षेत्र नम्बर ३ बाट शेरवहादुर तामाङ, सीतादेवी लम्साल, खगेन्द्र पाण्डे, दीलकेशर थापा, निमसरी राजवंशी, रुद्रमणि आर्याल, अभिशेक ढुङ्गाना, लक्ष्मीदेवी मैनाली, कृष्ण कुमार सुब्बा चयन हुँदा क्षेत्र नम्वर ४ वाट तारामाया राई, राम न्यौपाने, सहरमान कटुवाल, खेमराज कार्की, शंकर नेपाल र विष्णुभक्त थापा चुनिएका छन्।
यस्तै क्षेत्र नम्बर ५ बाट विजय बराल, भीमादेवी घताने, राम तामाङ, भीमवहादुर वस्नेत, भरीपूर्ण राई विष्णु प्रसाद पौडेल, सेलिना राई, देवी वहादुर थापा, र चन्द्र वहादुर थापा चयन भएको निर्वाचन समितिले जनाएको छ।
झापाका १५ वटै स्थानीय तह र पाँच वटै निर्वाचन क्षेत्रका लागि राप्रपाले नेतृत्व चयन गरिसकेको छ।
प्रतिनिधि सभा सदस्य तथा पार्टीका नेता राजेन्द्र लिङदेनका अनुसार अबदेखि पार्टीका कोही पनि दुई कार्यकाल भन्दा बढी समय नबस्ने निर्णय गरिएको छ।
पार्टीको अधिवेशनले व्यवहारमै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको उनले जानकारी दिएका छन्।
जिल्ला अधिवेशन अघि गरिएका विभिन्न स्थानीय तहका अधिवेशनका सिल्सिलामा झापाका तीन मुख्य नगरमा महिला नेतृत्वलाई चयन गरिएको छ।
नेता लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा झापा एक ढिक्का भएको छ।’