अस्पतालमा अक्सिजन र बेड अभाव हुन नदिन नेपाल चिकित्सक संघकाे सुझाव

अस्पतालमा अक्सिजन र बेड अभाव हुन नदिन नेपाल चिकित्सक संघकाे सुझाव
+
-

काठमाडौँ – नेपाल चिकित्सक संघले अस्पतालमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।

संघको सोमबार बसेको बैठकले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी न्यून भएकाले तत्काल दरबन्दी थप गर्न र अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिएको हो।

यस्तै, कोभिड र ननकोभिड बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल तोक्न पनि माग गरेको छ।

अहिले भइरहेका अस्पतालमा बिरामी भरिएकाले बेड अभाव भइसकेको अवस्थामा अन्य बिरामीलाई अत्यावश्यक भएको बेला मात्रै अस्पतालमा जाने व्यवस्था मिलाउन पनि संघले सुझाव दिएको छ।

संक्रमितको संख्या धेरै भएका ठाउँमा मेडिकल इमरजेन्सी लागू गरी लकडाउन गर्न पनि सुझाव दिएको छ।

संघले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि बिमाको व्यवस्थासहित उपचारको ग्यारेन्टी लिन पनि माग गरेको छ।

यस्तै, नागरिकलाई सामाजिक दूरी, मास्क र सेनिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गरेको छ।

भीडभाडमा नजान र घरबाहिर ननिस्कन पनि अपिल गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?