
काठमाडौँ– वाम नेतृत्वका प्रदेश सरकारमाथि नेकपा एमालेको विग्रहको प्रभाव पर्ने अड्कलबाजी रहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा उनको नेतृत्वको सरकारमाथि संकटको तरबार धारिलो रुपमा झुन्डिएको छ।
उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुने र बुधबार मतदान हुने भएपनि सदनभित्रको समिकरण सरकारविरुद्ध रहेको मुख्यमन्त्री निकट स्रोतले देशसञ्चारलाई बतायो।
गुरुङ पराजित भएमा एमालेभित्रको असन्तुष्टि र माओवादी ओलीसँग अलग भएपछि सत्ताच्यूत हुने पहिलो प्रादेशिक सरकार बन्नेछ। गुरुङ ओलीका प्रभावशाली समर्थक हुन्।
सदनमा माधव नेपाल समर्थक एक सदस्यसहित एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली कांग्रेसका १५, स्वतन्त्र १ र चित्रबहादुर केसी समर्थक तीन सदस्य छन्।
स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन्।