यस्तो छ, कोरोना नियन्त्रणका लागि माओवादीले सरकारसँग राखेको माग

यस्तो छ, कोरोना नियन्त्रणका लागि माओवादीले सरकारसँग राखेको माग
+
-

काठमाडौँ- नेकपा माओवादीले कोरोनाको दोस्रो लहर रोकथाम र नियन्त्रणमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार पार्टी कार्यालयमा बसेको माओवादीको स्थायी कमिटी बैठकले कोरोनाका कारण क्षति अकल्पनीय बन्दै गएकाले यसको रोकथाममा गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो।

कोरोना नियन्त्रणमा सरकार, विज्ञ, स्वास्थ्यकर्मी र अन्य सरोकारवाला एक भएर अघि बढ्नुको विकल्प नभएको बैठकको निष्कर्ष छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कोरोना नियनत्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि बैठकले सरकारसँग माग गरेको छ।

यस्तै आफ्ना नागरिकलाई सुरक्षित भित्रिन दिने वातावरण बनाइ नेपाल–भारत सीमामा कडाई गर्न पनि सरकारसँग बैठकले माग गरेको छ।

बैठकले कोरोना उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न सरकारलाई आग्रह गरेको छ। अक्सिजन, भेन्टिलेटर र आइसीयु, अत्यावश्यक स्वास्थ्य सामग्री र औषधिको व्यवस्थाको माग पनि बैठकले गरेको छ।

संक्रमण नियन्त्रणका लागि क्वारेन्टिनको निर्माणमा पनि गम्भीर भएर लाग्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

कोरोनाका कारण सर्वसाधारण, मजदूर लगायतलाई असर पर्ने भएकाले उनीहरुका लागि राहतको व्यवस्था गर्न समेत बैठकले माग गरेको छ।

यो बीचमा उत्पादन प्रक्रियालाई जारी राख्न पनि सरकारको ध्यान जाओस् भन्ने अपिल बैठकले गरेको छ। कोरोनालाई राजनीति उद्देश्य पूरा गर्ने हतियाकार रुपमा प्रयोग नगर्न बैठकले सरकारलाई आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?