नेपाल पक्षद्वारा पूर्वनिर्धारित कार्यक्रम स्थगित

नेपाल पक्षद्वारा पूर्वनिर्धारित कार्यक्रम स्थगित
+
-

काठमाडौँ -नेकपा एमाले माधवकुमार नेपाल पक्षले कोरोना संक्रमण बढ्दै गएका कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ।

बुधबार कलंकीको मेगा बैंक्वेटमा बसेको यस पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले जनस्वास्थ्यलाई ख्याल गर्दै पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको हो।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते आफ्नो अनुपस्थिति र विधान विपरीत गरेका निर्णयहरुका विरुद्धमा समानान्तर भेला र कमिटी गठन गर्दै आएको यो पक्षले ओलीविरुद्धका आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको हो।

यो पक्षका नेता योगेश भट्टराईले कोरोनाको दोस्रो लहर सुरु भएको र यसको नियन्त्रणमा सबै जुट्नु पर्ने आवश्यकता रहेकाले राजनीति सम्बन्धी ठूला कार्यक्रम, गतिविधि तत्काललाई स्थगित गरेको बताए।

उनले भने,‘ कोरोना संक्रमणका कारण परिस्थिति जटिल बनेको छ। अब यसको न्यूनकरणमा हामी सबै एकै ठाउँमा उभिनुपर्छ। हाम्रा पूर्वनिर्धारित ठूला राजनीतिक कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेका छौँ।’

बैठकमा ओली यो पक्षविरुद्ध गरेका निर्णय र रणनीतिबारे पनि समिक्षा भएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?