
मोरङ – नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुगिरहँदा विराटनगरमा माधवकुमार नेपाल पक्षधरले युवा संघ नेपाल विराटनगर महानगर कमिटी गठन गरेको छ।
विराटनगरको तिनपैनी चौकस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल महानगर कमिटी गठन गरेका हुन्।
कार्यक्रममा अध्यक्ष शाक्यसँगै उपाध्यक्ष कल्याण कटुवाल र ईश्वर माझी त्यसैगरी सचिवमा जुनु पोखरेल सहसचिवमा क्रमशः, सञ्जय गुप्ता, निरज मल्ल, दिना यादव र कोषाध्यक्षमा रितेष गौतम चयन भएका छन्।
प्रदेश, जिल्ला र नगरतहमा समानान्तर कमिटी गठन गर्दै आएको नेपाल पक्षधरले मंगलबार विमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगर गठन गरिएको थियो।
त्यसैगरी, गत चैत २८ गते एमाले नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो।
दुवै कमिटी गठन भएको करिब दुई सातापछि महानगरपालिकामा आफ्नो कार्यालय स्थापना गरी समानान्तर गतिविधि गर्दै आएको विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले जानकारी दिए।