
काठमाडौँ – हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालि, नेपालका लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकले शून्यबाटै लाखौं जितिसकेका छन्।
माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफीले ओम अटो मोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी १० लाख जित्न सफल भएका छन्।
अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्नेछ।
यो योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य ट्रन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्ट्री गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन्।
अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चित रूपमा प्राप्त गर्न सक्नेछन्।
यो योजना प्रथम विज्ञापन प्रकाशन भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशन भएसम्म लागू हुने जनाइएको छ।
कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउन मुख्य उद्देश्य भनेको ग्राहकलाई शून्य ट्रन्सन दिएर बजाजको उत्कृष्ट बाइकको सवारीले निश्चिन्त बनाउनु हो।