काठमाडौँबाट झापा रेफर हुन थाले कोभिडका बिरामी, हेलिकप्टरबाट बिरामी बिएण्डसी ल्याइयो

काठमाडौँबाट झापा रेफर हुन थाले कोभिडका बिरामी, हेलिकप्टरबाट बिरामी बिएण्डसी ल्याइयो
+
-

झापा – संघीय राजधानी काठमाडौँका अस्पतालहरूमा कोभिड-१९ का बिरामीको चाप बढ्दै गएपछि त्यहाँबाट झापामा कोभिड-१९ का बिरामीहरू रेफर हुन थालेका छन्।

उपचारका लागि काठमाडौँमै बसोबास गर्ने एक जना पुरुषलाई बुधबार हेलिकप्टरमार्फत झापाको बिएण्डसी अस्पताल ल्याइएको छ।

उनलाई काठमाडौँको ह्याम्स अस्पतालबाट सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार साँझ ५:४५ बजेतिर बिर्तामोडको बिएण्डसी अस्पतालमा ल्याइएको हो।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि ती पुरुषलाई बिएण्डसी ल्याइएको हो। उनलाई सघन उपचार कक्षमा राखेर उपचार थालिएको गिरीले बताए।

उक्त अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ। अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको गिरीले बताए।

काठमाडौँ बाहेक अन्य क्षेत्रबाट पनि बिएण्डसीमा उपचारको व्यवस्थाका बारेमा सोधीखोजी भइरहेको गिरीले बताए। बिएण्डसीमा अहिले ५० वटा भ्याटिलेटर रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष