
झापा – छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको स्थिति भयावह बनेपछि नेपालमा पनि त्यो स्थिति आउनेमा कुनै शंका नै छैन।
कोरोना भाइरसको संक्रमणको दोस्रो लहरको शुरुवाती बेलामा नै नेपालका सरकारी अस्पतालहरूले ‘अब धान्न सक्दैनौं’ भन्न थालिसके।
कोही पनि गम्भीर किसिमका कोरोना संक्रमितको उपचार बाध्यतामा निजी अस्पतालमा महंगो शूल्क तिरेर गराउनु पर्ने अवस्था आउँदैछ।
तर झापाका सडक तथा मुख्य शहरहरूको स्थिति हेर्ने हो भने मानिसहरू अझै पनि कोरोना संक्रमणको विषयमा गम्भीर छैनन्। लाग्छ, धेरै समाचार पढेका छैनन्।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना विगत केही दिनदेखि लगातार स्वास्थ्य सुरक्षा पालना भएको छ कि छैन भनेर सडकमा हिँडिरहेका छन्।
भन्छन्, ‘मास्क लगाइदिनुस् न भन्दा चिउँडोबाट माथि सार्छन्। खल्तीबाट निकालेर लगाउँछन्।’
लाखौंको सवारी साधन चड्ने मान्छेले मास्क नलाइदिएको देख्दा आश्चर्य लागेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको भनाइ छ।
उनी भन्छन्, ‘सरकारको भनाइ नमान्दा आफ्नो ज्यान जान्छ। अनि ज्यान सरकारको कि तपाईं?’
दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सर्वत्र त्रास बढिरहेको अवस्थामा भरतसंग सिमा जोडिएका जिल्लाहरुमा झनै जोखिममा छन्।
झापामा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ।
शिक्षित मानिसहरूको जिल्ला भनेर चिनिएको झापामा सर्वसाधारणको लापरवाहीको यो हद देखेर सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरू आजित बनेका छन्।
विगत दुई दिनमा मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले करिब ६ हजार मास्क वितरण गरेको छ। सडकमा निस्केका सुरक्षाकर्मीहरूले मानिसहरूलाई मास्क लगाइदिन अनुरोध गरिरहेका छन्।
केही तस्वीरहरूः