निषेधाज्ञा उल्लंघन गर्ने तीनजना कारागार चलान

निषेधाज्ञा उल्लंघन गर्ने तीनजना कारागार चलान
+
-

बुटवल– रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने ३ जनालाई जरिवाना बुझाउन नसकेको भन्दै कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम सजाय सुनाएको थियो।

तीमध्ये ५ जना जरिवाना बुझाएर छुटे भने अरू ३ जनाले जरिवाना बुझाउन नसकेपछि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पुर्‍याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार उनीहरूमध्ये ७ जना पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको थियो। एक महिलालाई भने ६ सय जरिवाना तोकिएको थियो।

४ जना पुरुष र १ महिला गरी ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेका कारण छोडिएको र अन्य ३ जनाले सो बराबरको जरिवाना रकम तिर्न नसकी कारागार चलान भएको थापाले बताए।

कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ। रूपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५२ पुगेको छ। बिहीबारसम्म १८७ जनाको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?