के छ ठूला सरकारी अस्पतालको हाल ? (भाग १)

एपीएफ, पाटन र टेकु अस्पतालमा नयाँ संक्रमितलाई ठाउँ छ कि छैन?  (स्थलगत रिपोर्ट)

+
-

काठमाडौं– निषेधाज्ञाको दोस्रो दिनमै उपत्यकामा सरकारले डरलाग्दो आँकडा सार्वजनिक गरेको छ। मुलुकभर भेटिएका ५ हजार ७ सय २७ संक्रमितमध्ये आधा संक्रमित उपत्यकामै भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार उपत्यकामा शुक्रबार २ हजार ९ सय ५६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन्।

संक्रमितको अवस्था भयावह बन्दै जाँदा उनीहरूको आवश्यक उपचार खासगरी सरकारी अस्पतालका लागि चुनौती पूर्ण बनेको छ। कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा संक्रमित सिकिस्त अवस्थामा अस्पताल पुगिरहेका छन्।

तर, उनीहरूलाई चाहिने अत्यावश्यक सेवामा यी अस्पतालले माफी मागिरहेका छन्। अर्थात् यी अस्पतालले संक्रमितलाई अक्सिजन जेनतेन पुर्‍याइरहेका छन् तर आईसीयू र भेन्टिलेटरको माग उनीहरूको क्षमताभन्दा बाहिर गइसकेको छ। ठूला सरकारी अस्पतालले बेड, अक्सिजन, आईसीयू र भेन्टिलेरमा झेलिरहेको समस्या उस्तै छ।

सेवा विस्तारमा प्रयास गरेको दाबी भने उनीहरूले गरेका छन्। बलम्बुस्थित एपीएप अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको शुक्रबारदेखि परीक्षण सुरु गरिएको छ।

जसले सय सिलिन्डर बराबर अक्सिजन दिने अस्पतालले बताएको छ। एपीएफमा हाल औसतमा २ सय सिलिन्डर अक्सिजनको माग भइरहेको छ। दोस्रो लहर सुरु हुनुभन्दा पहिले १ सय सिलिन्डर अक्सिजनको माग हुने गरेको पाटन अस्पतालमा हाल ३ सय ८० सिलिन्डर अक्सिजन माग भइरहेको छ।

यसको व्यवस्थापनमा अस्पताललाई हम्मे–हम्मे परेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले संक्रमितले आकस्मिक कक्षका बेडसमेत भरिएपछि अस्पताल परिसरमा बेड राखेर पीसीआर रिपोर्ट आउन बाँकी रहेका बिरामीको उपचार सुरु गरिएको छ।

एपीएफ, पाटन र टेकु अस्पतालमा कोरोना उपचारको वास्तविक अवस्था के हो? प्रस्तुत छः यसबारे तयार पारिएको स्थलगत भिडियो रिपोर्ट:

https://youtu.be/TH-_RNK3Z3Y

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?