
बुटवल– रूपन्देहीमा पछिल्लो २४ घण्टामा ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आठ सय ४६ नमुना परीक्षण गरिएकामध्ये ४ सय ५९ जनामा कोरोना पोजिटिभ देखिएको हो।
योसँगै रूपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० पुगेको छ। जसमध्ये २ हजार ८ सय ५६ जना होम आइसोलेशनमा छन्।
रूपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ९१ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा मात्रै २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा ७३, सैनामैनामा १६ जना, सियारी गाउँपालिकामा ७, देवदहमा २०, गैडहवामा २, मायादेवीमा ८, मर्चवारीमा १, ओमसतियामा ७, कञ्चनमा ८, रोहिणीमा २, लुम्बिनी साँस्कृतिकमा २, शुद्धोधनमा ८ र कोटहीमाईमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।