लुम्बिनीमा गठबन्धनले प्रदेश प्रमुखलाई भन्योः एकल बहुमत पुगेको छैन, सरकार गठनको प्रक्रिया रोक्नुहोला

लुम्बिनीमा गठबन्धनले प्रदेश प्रमुखलाई भन्योः एकल बहुमत पुगेको छैन, सरकार गठनको प्रक्रिया रोक्नुहोला
+
-

बुटवल– एमाले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्ने तयारी भइरहेको भन्दै प्रदेश सभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर त्यसलाई रोक्न माग गरेका छन्।

प्रदेश प्रमुखसमक्ष पेश गरेका ४१ जना सांसदको हस्ताक्षरमध्ये विमला कुमारी खत्री वलीको पुरानो हस्ताक्षर दुरुपयोग गरी बहुमत पुर्‍याउने प्रयत्न भएको भन्दै त्यसलाई रोक्न माग गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दीन खानले बताए।

‘उहाँको पुरानो हस्ताक्षर दुरुपयोग गरी एकल बहुमतको सरकार बनाउने भनेर उहाँहरुले हस्ताक्षर बुझाउनुभएको छ भन्ने कुरा आयो, विमलाजी एमालेमा नरहनुभएको र माओवादी केन्द्रमा रहनुभएको भन्ने जानकारी प्रदेश सभामा समेत रहेकाले एमालेको एकल बहुमत पुग्दैन,’ उनले भने, ‘त्यसैले एमालेको एकल नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि नबढाइयोस् भन्ने कुरा हामीले राख्यौँ, प्रदेश प्रमुखले मैले कुरा बुझेँ, त्यसैअनुसार गर्छु भन्नुभएको छ।’

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन्।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?