
बुटवल– लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका एकजना सांसदले राजीनामा दिएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर १ (क)बाट निर्वाचित दृगनारायण पाण्डेयले राजीनामा दिएका हुन्।
आफुले प्रदेश सासदबाट राजीनामा दिएको उनले पुष्टि गरे।
उनको राजीनामा सम्बन्धी पत्र प्रदेश सभामा आइसकेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
लुम्बिनीमा एक जनाले राजीनामा दिएसँगै पोखरेलको नियुक्ति विवादमा परेको छ। उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्।