मुख्यमन्त्रीमा पोखरेलको शपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना

मुख्यमन्त्रीमा पोखरेलको शपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना
+
-

बुटवल– लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि पोखरेलविरुद्धको बहुमत गठबन्धनले शपथ ग्रहण रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको छ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका सांसदहरू अल्पमतको दललाई एकल बहुमतको सरकारका रूपमा शपथ ग्रहण गराउन खोजेको भन्दै कार्यालय परिसरमा धर्ना बसेका हुन्। ४२ सांसदको हस्ताक्षर बुझाएपछि उनीहरू धर्नामा छन्।

प्रदेश प्रमुखले संविधान, विधि र पद्धतिविरूद्ध गएर निर्णय गरेकोले संविधानको रक्षा र विधिको शासनको लागि धर्नामा बसेको कांग्रेस प्रमुख सचेतक फखरूद्दीन खानले बताए।

दाङबाट उप–निर्वाचनमा नेकपाका तर्फबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै सूर्य चिह्न लिएर स्वतन्त्र हैसियतमा निर्वाचन लडेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पनि मुख्यमन्त्री पोखरेलको साथ छाडेका छन्।

त्यस्तै कपिलवस्तुका एमाले सांसद दृगनारायण पाण्डेले सांसद पदबाट राजीनामा दिएका छन्। यसो हुँदा पोखरेलसँग ३७ सांसदको साथ छ। प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि ४१ सांसद चाहिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?