नेपाली क्रिकेटर सुनम गौतम अस्ट्रेलियाको ‘ब्रिसबेन प्रिमियर लिग’मा छनोट

नेपाली क्रिकेटर सुनम गौतम अस्ट्रेलियाको ‘ब्रिसबेन प्रिमियर लिग’मा छनोट
+
-

सिड्नी– नेपाली क्रिकेटर सुनम गौतम अस्ट्रेलियाको ‘ब्रिसबेन प्रिमियर लिग’मा छनोट भएका छन्। गौतमलाई गत बिहीबार सम्पन्न अक्सनमा बेसाइड पाइरेट्स टिमले ५० हजार अस्ट्रेलियन डलरमा अक्सनमार्फत् खरिद गर्दै समावेश गरेको हो।

गौतमको टोली बेसाइड पाइरेट्समा एन्ड्रु माइकल, नाथन मुरे, प्याट्रिक जोश हेन्डरसन, ट्रेन्ट किप लगायतका खेलाडीहरू रहेका छन्।

भारतमा हुने इन्डियन प्रिमियर लिगको ढाँचामा यही अगष्टमा सुरु हुने ब्रिसबेन प्रिमियर लिगको पहिलो संस्करणमा आठवटा टोलीहरू सहभागी रहेका छन्। लिगका अन्य टोलीहरूमा डार्लिंङ डिंगोज, मोरेटोन म्याजिक, नर्दन किङ्ग्स, साउदर्न साइक्लोन्स, कोस्टल मार्लिन्स, गोल्डकोस्ट वेभराइडर्स र वेस्टर्न पावर रहेका छन्।

बेसाइड पाइरेट्स टिमका मालिक पूर्वअस्ट्रेलियन क्रिकेटर तथा अस्ट्रेलियन राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका डेरेन लेहमन पनि रहेका छन्। लिगमा पूर्व क्रिकेटहरू इयान हिली र मार्क निकोलसका टोलीहरू समेत समावेश छन्।

अस्ट्रेलियाका खेलाडीहरू समावेश हुने र आफ्नो खेल कौशल प्रदर्शन गर्ने एउटा सुनौलो मौका भएकाले यसले आफ्नो खेल जीवनमा ठूलो अर्थ राख्ने सुनम गौतमले प्रतिक्रिया दिए।

‘ब्रिसबेन प्रिमियर लिग एउटा नयाँ र मेरा लागि ठूलो प्लेटफर्म हो। यसमा राम्रो प्रदर्शन गर्न सके अन्य लिगहरू खेल्ने ढोका पनि खुल्न सक्दछ। यस किसिमको अवसरको लागि म लामो समयदेखि पर्खिरहेको थिएँ। त्यसैले यसमा छनोट हुन पाउनु मेरा लागि निकै खुशीको कुरा हो,’ गौतमले भने।

लिगमा ठूला टिमहरूले समेत नजर राख्ने हुनाले त्यहाँ राम्रो गर्न सके अझै माथि अवसर खुल्न सक्ने विश्वास गौतमले व्यक्त गरे।

अस्ट्रेलियामा लामो समयदेखि घरेलु क्रिकेट खेल्दै आएका सुनम दायाँहाते ब्याट्सम्यान हुन् भने उनी राम्रो दुसरा बलिङ पनि फाल्न सक्छन्।

यसअघि पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुवार्ट म्याकगिलले सुनम गौतमलाई अस्ट्रेलियाको बिग ब्यास टि–२० लिगमा सामेल गर्नका लागि सम्बद्ध क्लबहरूलाई सिफारिससमेत गरेका थिए। म्याकगिलले गौतमको ‘दुसरा बलिङ’बाट निकै प्रभावित भएपछि उनको बलिङलाई सकलेनले गरेको दुसरापछिको उत्कृष्ट दुसरा भनेर टिप्पणीसमेत गरेका थिए।

नेपालमा रहँदा काठमाडौँ, एपिएफ लगायतका टिमबाट क्रिकेट खेलिसकेका गौतमले सन् २००५ मा अन्डर–१७, २००७ मा अण्डर–१९ तथा सन् २००९ मा इंगल्याण्डको एमसिसीविरुद्ध पनि राष्ट्रिय टोलीबाट सहभागिता जनाइसकेका छन्।

अस्ट्रेलिया यात्रा


सुनम गौतम।

सन् २०१२ मा ‘स्पोर्टस् साइन्स’ अध्ययन गर्नका लागि अस्ट्रेलियामा आएका सुनम गौतम यहाँ आएपछि पनि आफ्नो खेल जीवनलाई निरन्तरता दिइरहेका छन्।

अस्ट्रेलिया पुगेपछि त्यहाँ अस्ट्रेलियाको भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट चार वर्ष पहिलो लेभेलको क्रिकेट खेलेका सुनमले गत वर्षदेखि साउदर्न डिस्ट्रिक्क क्लबबाट साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेट खेल्दै आएका छन्।

वेष्ट इन्डिजका पूर्व क्रिकेटर कार्ल हुपल प्रशिक्षक रहेको साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेटमा एडम जाम्पा, ट्राभिस हेड, केन रिचर्डसन लगायतका खेलाडीहरू समेत खेल्ने गरेका छन्।

दुई वर्षअघि सुनमले भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट शतक बनाउँदै अस्ट्रेलियाको घरेलु क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका थिए। त्यसै वर्ष उनलाई बिग ब्यास टिम मेलबर्न स्टार्सले ट्रायलको लागि समेत बोलाएको थियो।

गौतम नेपालमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग जस्ता प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?