
बुटवल– विवाद र अवरोधका बीच नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गरेका छन्।
पोखरेलको पक्षमा एकल बहुमत नरहेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा रहेका सासदहरूमाथि बल प्रयोग गर्दै उनले सपथ ग्रहण गरे।
प्रदेश प्रमुख धर्मनाथ यादवलाई सेना र प्रहरी घेरामा मुख्यमन्त्री कार्यालय लगेर पोखरेलले सपथ लिए। सो क्रममा शान्तिपूर्ण धर्नामा बसेका सांसदहरूमाथि लाठीचार्जसमेत भएको कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले जानकारी दिए।
प्रदेश प्रमुखको कार्यालयमा सांसदहरूले धर्ना दिएपछि राति भएपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालय लगिएको थियो।