
काठमाडौँ – लुम्बिनी प्रदेशमा सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले नेकपा एमालेमै रहेको र शंकर पोखरेललाई समर्थन गरेको जनाएका छन्।
कपिलवस्तु २ (ख) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ (ख) बाट निर्वाचित अजय शाहीले विज्ञप्ति निकालेर पोखरेलप्रति समर्थन रहेको जनाएका हुन्।
मुख्यमन्त्री दाबीका लागि पोखरेल र अर्को गठबन्धनबाट मुख्यमन्त्री प्रस्तावित कुलप्रसाद केसीले पेश गरेका दुवै पत्रमा हस्ताक्षर गरेका उनीहरूले सोमबार विज्ञप्ति निकालेर आफूहरू एमालेमै प्रतिबद्ध रहेको जनाएका हुन्।
कांग्रेस माओवादी गठबन्धनबाट सरकार गठनका सम्बन्धमा आफूहरुको हस्ताक्षर प्रयोग गरिनु बदनियत र त्रुटिपूर्ण रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।