ई–सेवा एकाउन्टमा बैंक खाता लिंक गर्न सकिने

ई–सेवा एकाउन्टमा बैंक खाता लिंक गर्न सकिने
+
-

काठमाडौँ – ई–सेवा प्रयोगकर्ताले ई–सेवा एकाउन्टलाई सीधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्।

आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।

उनका अनुसार ई–सेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहजै रकम लोड गर्न सक्नेछन्।
उनले भने, ‘ई–सेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिन अग्रसर छ।’

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि ई–सेवा प्रयोगकर्ताको ई–सेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ। साथै, यो सेवा लिन ई–सेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्नेछ भने ई–सेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ।

यदि, ई–सेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई ई–सेवा एकाउन्टमा सेकेन्डरी आइडीका रूपमा राख्न सकिनेछ।

बैंक खातामा ई–सेवा लिंक गर्न सर्वप्रथम ई–सेवाको होमपेजमा भएको लोड मनी भन्ने अप्सनमा जानुपर्नेछ।

यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्नेछ।

यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी क्लिक गर्नुपर्नेछ।

त्यसपछि मोबाइलमा प्राप्त भएको ओटिपी पासवर्ड राखी ‘पे’ मा क्लिक गरेपछि बैंक खाता ई–सेवामा लिंक हुनेछ।

बैंक खाता लिंक गरेपछि ई–सेवा खातामा रकम लोड गर्न ई–सेवा खाता लगइन गरी लोड मनी अप्सनमा गई आफूले लिंक गरेको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ।
त्यसपछि ई–सेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा ई–सेवा एकाउन्ट लिंक गर्न सकिनेछ। निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ ।
ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्।

यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिने ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?