
बुटवल– लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित एमालेबाट चुनाव जितेका डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएका हुन्।
उनले प्रदेश सरकारप्रति असन्तुष्टि भएको र आराम गर्नका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले एमाले नेताहरूलाई स्थान दिनुको सट्टा जसपालाई मन्त्री बनाएको भन्दै एमालेमा असन्तुष्टि बढेको छ।
यसअघि दीर्गरायण पाण्डेले एमाले परित्याग गरेका थिए भने अरू दुई सांसदले पनि समर्थन नरहेको जनाएका थिए। पोखरेललाई समर्थन नरहेको जनाउने दुवै जना एमाले फर्किएका छन्, तीमध्ये धर्मबहादुर लाल श्रीवास्तव मन्त्री बनेका छन्।