त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै

त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै
+
-

काठमाडौँ – सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै गएको छ।

कोभिड १९ संक्रमणको दोस्रो लहर देखिएलगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितको चाप थपिएको हो।

अस्पताल प्रशासनले पछिल्ला केही दिनयता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र बिहीबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ।

विशेष गरेर काठमाडाँै उपत्यकामा तुलनात्मक रूपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ।

साथै, सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधारण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो।

निजी अस्पतालको शुल्क र उपचारबारे अनुगमन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भए पनि सो समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिँदै आएका छन्।

निजी अस्पतालले मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढ्दै गएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?