
काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने बताएका छन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सञ्चारकर्मीसँग उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेभन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारबाहीको भागिदार हुने बताए।
‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ। त्योभन्दा फरक भएको सूचना पाएका छौं, काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’, उपप्रधानमन्त्री पोखरेलले भने।
सरकारी अस्पतालमा सबै कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए।