नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तरक्रिया सम्पन्न

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तरक्रिया सम्पन्न
+
-

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन शुक्रबार चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रूपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जुममार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगत्का हस्तीहरूसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपी राइटको संरक्षण गर्ने पर्ने जानकारी दिँदै यस क्षेत्रमा काम गर्नेहरूको उचित बिमाको व्यवस्था गर्न आग्रह गरे।

चलचित्रमार्फत रोजगारी एवं सामाजिक रूपान्तरण गर्ने मौलिक कथा सिर्जना गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारी सिर्जना कसरी गर्ने, जनशक्तिको विकाश कसरी गर्नेलगायत विषयमा गहन अध्ययनबिना सुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगत्मा श्रमशक्ति स्थापित गर्न सफल भएको बताए।

डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकास गरेको र श्रमिकको क्रमिक रूपमा विकास भएको उनको भनाइ छ।

यसैबीच चलचित्र विकासबोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन एवं विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए।

अध्यक्ष दाहालले भने, ‘राज्यले नै सिने योद्धा तयार गर्छ। चलचित्र निर्माणले मात्र रोजगारी सिर्जना गर्दैन तसर्थ सिनेमालाई पर्यटनसँग जोड्नुपर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनुपर्छ।’

सेन्सरको झमेलालाई अब अनलाइनमार्फत पनि व्यवस्थित बनाइनुपर्ने उनको भनाइ छ। कर्पोरेट हाउसलाई चलचित्रमा आकर्षण गराउन आवश्यक रहेको अध्यक्ष दाहालले बताए।

चलचित्र क्षेत्रमा क्रियाशील संगठनमार्फत नियम, कानुन बाधा भएमा छलफलमार्फत समाधान गर्न आफू तयार रहेको अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि डा. बिन्दा पाण्डेको भनाइ छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निफको यो बहस कार्यक्रम अर्थपूर्ण रहेको र चलचित्र उद्योगको रूपान्तरणमा विशेष महत्व राख्ने बताए।

कार्यक्रममा कलाकार बसुन्धारा भुसाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेल, पूर्वसचिव चन्द्र घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?