रूपन्देहीका अस्पतालमा छैनन् खाली बेड, जनप्रतिनिधिले बेड नपाउँदा एम्बुलेन्समै ज्यान गुमाए

रूपन्देहीका अस्पतालमा छैनन् खाली बेड, जनप्रतिनिधिले बेड नपाउँदा एम्बुलेन्समै ज्यान गुमाए
+
-

बुटवल–बुटवलमा एकजना जनप्रतिनिधिले अस्पतालमा बेड नपाएर एम्बुलेन्समै ज्यान गुमाएका छन्।

बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापाको अस्पतालको बेड नपाएर एम्बुलेन्समै ज्यान गएको हो। कोरोना संक्रमित थापालाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, क्रिमसन अस्पताल, भीम अस्पताल हुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पुर्‍याइएको थियो।

तर, मेडिकल कलेजमा पनि बेड खाली नहुँदा उनले एम्बुलेन्समै ज्यान गुमाउनुपरेको बुटवल उपमहानगरपालिकाका योजना आयोगका सदस्य सचिव मेघराज भट्टराईले जानकारी दिए।

उनका अनुसार थापालाई पनि मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै सहारामा मेडिकल कलेज बाहिर राखिएको थियो।

‘मलाई अस्पतालभित्र लैजाउ भन्दा पनि अस्पतालभित्र अक्सिजन नभएकाले लैजान सकिएन, उनले भने, उहाँको एम्बुलेन्समै मृत्यु भयो।’ कोरोना संक्रमितको उपचार गराइरहेका रूपन्देहीका ५ वटा अस्पतालमा थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन।

लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, क्रिमसन, युनिभर्सल मेडिकल कलेज, देवदह मेडिकल कलेज कुनैमा पनि एक जना थप बिरामी भर्ना गर्न सकिने अवस्था नभएको अस्पतालहरू बताउँछन्।

दैनिक ६–७ सयको संख्यामा संक्रमित थपिँदै जाँदा रूपन्देहीमा बिरामीले बेड पाउन सम्भव छैन।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतम थप बिरामी भर्ना सक्ने अवस्था नरहेको बताउँछन्। उनले भर्ना भएका बिरामीलाई समेत अक्सिजन पुर्‍याउन नसकेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?