खुलेरै आयो काँग्रेस ओलीविरुद्ध तर नेतृत्व लिनेबारे अझै अनिर्णीत

खुलेरै आयो काँग्रेस ओलीविरुद्ध तर नेतृत्व लिनेबारे अझै अनिर्णीत
+
-

काठमाडौँ- लामो आनाकानीपछि वैकल्पिक सरकारको निर्माणमा अग्रणी भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र त्यसका नेता शेरबहादुर देउवा तयार भएका छन्।

शनिबार बिहान पाटी पदाधिकारीको बैठक र अपरान्ह संसदीय दलको बैठकको अध्यक्षता गरेका देउवा ओलीद्धारा सोमबार संसदमा ल्याइने विश्वास मतलाई पराजित गर्न र वैकल्पिक सरकार निर्माणमा औपचारिक रुप दिन सहमत भएको छ।

देउवाले अपरान्ह संसद भवनमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवैले संवैधानिक मर्यादा बिपरीत कार्य गरेको निष्कर्ष निकाल्दै उनीहरुबाट मुलुकलाई मुक्त गराउनु पर्ने धारणा राखेका थिए, निकै पेचिलो ढंगबाट।

बैठकमा उपस्थित एक सांसदका अनुसार देउवा राष्ट्रपति भण्डारीविरुद्ध थप आक्रोशित थिए।

उनी दलका कार्यकर्ताका रुपमा सक्रिय भएको र पार्टीको शंख्या पुगेको खण्डमा उनलाई महाअभियोग लगाउनु पर्ने सम्मको अवस्था सिर्जना भएको देउवाले बताएका थिए।

देउवाले महाअभियोगको संकेत गरे पनि त्यसबारे विभिन्न पार्टीमा सहमति बनिसकेको र त्यसका लागि दुई तिहाई समर्थन सम्भव नभएको उनी स्वयम्ले बैठकमा स्वीकार गरेका थिए।

वैकल्पिक सरकार गठनका लागि तयार भएपनि संसदमा आवश्यक बहुमत जुटिसकेको अवस्था नभएकाले देउवा अन्य प्रतिपक्ष नेकपा माओवादी केन्द्र र उपेन्द्र यादव –डा. बाबुराम भट्टराई पक्षीय जनता समाजवादी पार्टी (जसपा) र गोप्यरुपमा एमाले माधवकुमार नेपाल पक्षसँग छलफलमा रहेको बुझिएको छ।

त्यस्तै देउवाले अन्तर्राष्ट्रिय मुड खासगरी भारतको समर्थन हासिल गर्न पनि पार्टी भित्रका व्यक्ति र संयन्त्र परिचालन गरेको बुझिएको छ।

पार्टी सांसद अमरेशकुमार सिंहले विभिन्न दल र पक्षका नेताहरुसँगै भारतीय दूतावासका पदाधिकारीसँग पनि छलफल गरेका छन्। शुक्रबार उनी बालुवाटारपछि भारतीय दूतावास प्रवेश गरेका थिए। त्यसअघि सिंहले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए।

काँग्रेस संसदीय दलको बैठकमा केही सदस्यहरुले ओली कुनै पनि हालतमा सत्ता छोड्न तयार नभएको र निर्धारित संसद अधिवेशन पूर्व नै संसद विघटन जस्ता अनपेक्षित कदम उठाउन सक्नेबारे पार्टी नेतृत्वलाई सचेत गराएका थिए।

ओलीलाई हटाउन काँग्रेस खुलेर अघि आएपनि देउवाको पक्षमा आवश्यक बहुमत जुट्छ या छुट्दैन ? त्यो आगामी २४ घण्टाको आंकलन पछि निर्धारण हुने देखिन्छ।

यसैबीच पहिलो पटक काँग्रेसले ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा सामेल नहुने घोषणा देउवाले गरेका छन्। साथै पार्टीले प्रधानन्याधीश र सभामुखलाई नजान आग्रह गरेको छ। ओलीले आइतबार बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?