आफ्नो सिफारिसबिना अक्सिजन नदिन स्वास्थ्य मन्त्रालयको कम्पनीहरुलाई अनुरोध (पत्रसहित)

आफ्नो सिफारिसबिना अक्सिजन नदिन स्वास्थ्य मन्त्रालयको कम्पनीहरुलाई अनुरोध (पत्रसहित)
+
-

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई

अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई अनुरोध गरेको छ।

दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना

अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।

आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

तर सरकारको यो निर्देशन विवादमा पर्ने देखिएको छ। मन्त्रालयले एकातिर सबै प्रकारका अस्पताललाई कोभिड १९ भएका बिरामीको उपचार गर्न निर्देशन दिएको छ। अर्कोतिर ती अस्पताललाई अक्सिजन बिक्री गर्दा मन्त्रालयको सिफारिस चाहिने निर्णय गरेको छ।

यो झण्झटका कारण कोभिड १९ का बिरामी मारमा पर्ने देखिएको छ। नेपाल चिकित्कस संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य मन्त्रालयको यो निर्देशन गलत भएको बताए।

उनले भने,‘ सबै अस्पतालले अहिले कोभिड १९ को उपचार गरिरहेका छन्।यस्तो अवस्थामा कुनै पनि कम्पनीसँग अक्सिजन किन्ने बेला स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने? यो झन्झटले गर्दा बिरामीलाई पक्कै पनि ठूलो मार पर्छ।’

स्वास्थ्य मन्त्रालयले अक्सिजनसँग सम्बन्धित कम्पनीलाई गरेको अनुरोध यस्तो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?